माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा गर्ने एमालेकाे निर्णय



काठमाडौं,वैशाख ३० । माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गर्ने नेकपा एमालेले निर्णय गरेको छ।

बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले उक्त निर्णय गरेको श्रोतले जनाएको छ। कारबाही फिर्ता गरिएको नेताहरुमा नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसाल रहेका छन् ।

बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्