त्रिशुली अस्पतालमा स्वाब संकलन बन्द



नुवाकोट,वैशाख ३०। जिल्लास्थित त्रिशुली अस्पतालमा पिसिआर परिक्षणका लागि स्वाब संकलन बन्द कार्य बन्द गरिएको छ।

अस्पतालको RT PCR प्रयोगशालामा कोभीड १९ परिक्षणको स्वाब अत्यधिक संकलन भएकाले सो परिक्षण नसकिएसम्म स्वाब संकलन कार्य बन्द गरिएको अस्पतालले जनाएको छ।

संकलित स्वाब परिक्षण गर्न एक साता लाग्ने भएकाले बिहीबारदेखि १ साताका लागि स्वाब संकलन कार्य बन्द गरिएको अस्पतालले एक सूचना जारी गर्दै सूचित गरेको छ।

हेर्नुस् सूचना

प्रतिक्रिया दिनुहोस्