प्युठानमा लकडाउन थपियो



प्युठान,वैशाख ३० । जिल्लामा यही बैशाख २४ गतेदेखि जारी लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ।
बिहिबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आउँदो जेठ १५ गते सम्मका लागि जिल्लामा बन्दाबन्दी थप गर्ने निर्णय गरेको हो ।

यस अघि जारी बन्दाबन्दिको समयसीमा शुक्रबार सकिँदै थियो तर कोरोना सङ्क्रमण जोखिम अझै रहेको भन्दै जिल्लामा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको हो।  बैठकले लकडाउन थप कडा बनाउने समेत निर्णय गरेको छ । बैठकले जिल्लाभित्र अब पैदल यात्रा गर्न समेत प्रतिबन्ध लगाउने भएको छ ।

त्यस्तै,प्युठान नगरपालिका बिजुवारमा रहेको जिल्ला स्तरीय आइसोलेस्न केन्द्रलाई थप ब्यबस्थापन गर्न जिल्लाका सबै स्थानीय तहहरुबाट २ लाख रकम सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्