नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट २१४ जनाले ज्यान गुमाए



काठमाडौ,वैशाख ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ४४६६ पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । 

आजमात्रै देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हिजो बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो । 

पीसीआर विधिबाट १९ हजार ४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको हो ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ।  

नेपालमा बितेको २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस्