पछिल्लो २४ घण्टामा कोरोनाबाट २१४ को मृत्यु



काठमाडौं,वैशाख ३१ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २१४ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोनाबाट २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीवार २० हजार २४५ को कोरोना परीक्षण गरिएकोमा ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको छ भने देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ ।

यसैगरी बिहीवार ५ हजार ५५ जना निको भएसँगै हालसम्म ३ लाख २१ हजार ५१८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । केही दिनयता नेपालमा कोरोनाबाट मृत्युको दर बढ्दै गएको छ । गम्भीर बिरामीलाई अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने भए पनि मागअनुसार आपूर्ति नहुँदा मृत्यु हुनेको संख्या बढेको देखिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्