कोरोना लक्षण देखिएकी नुवाकोट लिखुकी युवतीको ज्यान गयो



नुवाकोट,वैशाख ३१ । कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएको नुवाकोट लिखु गाउँपालिका वडा नम्बर ३ पट्टाबारीकी एक २५ वर्षीय युवतीको ज्यान गएको छ।

कोरोनाको लक्षण देखिएपछि आइतबार उनको चौघडास्थित स्वास्थ्य कार्यालयमा पिसिआर परिक्षण गरिएको मृतक युवतीका आफन्तले बताएका छन् । झण्डै एक साता बित्न लाग्दा समेत पिसिआर रिपोर्ट आउन ढिलाइ भएको भन्दै मृतकका आफन्तहरुले बिरोध जनाएका छन।

टाउको दुख्ने, अत्यधिक ज्वरो आउने,स्वासप्रस्वासमा समस्या आएपछि शुक्रबार बिहान उपचारका लागि काठमाडौ लाने क्रममा बाटोमै युवतीको मृत्यु भएको युवतीका मामा बिकास पुलामीले बताए।

चौघडा स्वास्थ्य कार्यालयमा गत २५ गते मृतक युवतीसहित २५ जनाको स्वाब संकलन गरिएको बताइएको छ।

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले अत्यधिक स्वाब संकलन भएकाले स्वाब परिक्षणका लागि बिहीबारदेखि एक साताका लागि संकलन बन्द गरेको छ।

प्रतिक्रिया दिनुहोस्