कोरोना संक्रमणबाट झोरका ४४ वर्षीय पुरुषको मृत्यु



काठमाडौ,वैशाख ३१ । कोरोना संक्रमणबाट टोखा नगरपालिका वडा नम्बर १ झोरस्थित सिमा चौरका ४४ वर्षीय पुरुषको मृत्यु भएको छ।

गत हप्ता कोरोना संक्रमण पुष्टि भएका उनमा ज्वरो आउने,खोकी लाग्ने तथा स्वासप्रस्वासमा समस्या आउने लगायतका लक्षण देखिएको थियो।

स्वासप्रस्वासमा समस्या आएपछि कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा भर्ना भएका उनको शुक्रबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।उपचारका क्रममा अक्सिजनको अभावले उनको निधन भएको बताइएको छ।

पछिल्लो समय झोरमा लकडाउनको प्रवाह समेत नगरी पसल तथा व्यवसाय संचालनमा आइरहेकाले संक्रमणको थप भयावह स्थिति हुनसक्ने स्थानीय युवा सुमन धितालले बताए।

प्रतिक्रिया दिनुहोस्