माटोको ढिस्कोले पुरिएर आमा र छोराको मृत्यु



काठमाडौ,वैशाख ३१ । माटोको डिस्कोले पुरिएर बागलुङको निसीखोला गाउँपालिका–२ काल्नेचौरमा आमा–छोराको ज्यान गएको छ ।

शुक्रबार घर नजिकै माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्काले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर र उनकी १२ वर्षीय माइलो छोरा सुरेश कुँवरको मृत्यु भएको निसीखोला गाउँपालिका–२ का अध्यक्ष कुविर विकले जानकारी दिए ।

माटोले पुरिएका आमा छोराको केहीबेरमै स्थानीयले उद्धारको प्रयास गरे पनि बचाउन नसकिएको अध्यक्ष विकले बताए ।

प्रतिक्रिया दिनुहोस्