सिन्धुपाल्चोकमा थप एक जनाको कोरोनाबाट मृत्यु



चौतारा,जेठ १ । सिन्धुपाल्चोकमा शुक्रबार थप एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका ४ टाकुरेका ७१ वर्षीय पुरुषको हिजो मृत्यु भएको हो ।

उनको घरमै मृत्यु भएको कार्यवाहक वडाध्यक्ष दया कुमारी  मिश्रले जानकारी दिइन् । उनको मृत्युपछि एन्टिजेनमार्फत कोरोना परीक्षण गरिएको थियो ।

परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । उनको शव व्यवस्थापन सेनाले गरेको छ । मृतकका घरका अन्यमा पनि संक्रमणको लक्षण देखिएको छ ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयलले जनाएको छ । यससँगैं सिन्धुपाल्चोकमा कोरोनाको दोस्रो लहरबाट मर्नेको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्