विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई २ थान भेन्टिलेटर प्रदान



नुवाकोट, जेठ १ ।  जिल्लाको विदुर नगरपालिकाले कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै आज दुईथान भेन्टिलेटर जिल्ला अस्पताल त्रिशुलीलाई उपलब्ध गराएको छ ।

देशभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस जिल्लामा समेत दिनप्रतिदिन संक्रमणदर वृद्धि हुँदै गएकाले तत्काल दुईथान भेन्टिलेटर जिल्ला अस्पताललाई प्रदान गरिएको विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले बताए ।

यसअघि दुई थान भेन्टिलेटर नपुग भएको भन्ने सुचना प्राप्त भएकाले नगरपालिकाले कुल ५५ लाख ९३ हजार ५ सय रुपैयाँमा दुई थान भेन्टिलेटर खरिद गरी अस्पताललाई तत्काल प्रदान गरिएको विदुर नगरपालिका श्रोतले जनाएको छ ।

महामारीको यस घडीमा त्रिशुली अस्पताल लगायत जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा पनि भेन्टिलेटर र अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको अभाव हुन नहुने सरोकारवालाहरुले बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्