नुवाकोटको त्रिशुली अस्पतालमा उपचाररत २ संक्रमितकाे मृत्यु



नुवाकोट,जेठ १ । जिल्लाको त्रिशुली अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अस्पतालमा उपचाररत धादिङका २ जना संक्रमित रहेको त्रिशुली अस्पतालले जनाएको छ ।

धादिङ अस्पतालमा अक्सिजन अभावका कारण नुवाकोटस्थित त्रिशुली अस्पताल पठाइएको नीलकण्ठ नगरपालिका २ निवासी ८४ वर्षिय पुरुष र नीलकण्ठ नगरपालिका ३ निवासी ५३ वर्षिय महिलाको मृत्यू भएको हो ।

जिल्ला अस्पताल धादिङका अनुसार धादिङ अस्पतालमा अक्सिजन अभाव भएकोले उहाँहरुलाई रिफर गरिएको थियो । नुवाकोट पुर्याउँदा समेत बचाउन नसकिएको हो । यससँगै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्