बितेको २४ घण्टामा ८१६७ जनामा संक्रमण, १८७ को मृत्यु



काठमाडौ,जेठ १ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टा समयावधिमै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो । 

पछिल्लाे २४ घण्टामा काठमाडौंमा २१४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर ८१६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौंमा मात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो । 

उपत्यकामा थपिएकामध्ये ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ । 

प्रतिक्रिया दिनुहोस्