बौडेश्वर माध्यमिक विद्यालय झोरका शिक्षक हरिशरण काफ्लेको निधन



काठमाडौ,जेठ १ । टोखा नगरपालिका वडा नम्बर १ स्थित बौडेश्वर माध्यमिक विद्यालय झोरका पूर्व शिक्षक हरिशरण काफ्लेको निधन भएको छ।

केहि दिन यता बिसन्चो महसुस गरेका काफ्लेलाई उच्च ज्वरो देखिएपछि शनिबार उपचारार्थ ग्रीनसीटी अस्पताल लैजादै गर्दा बाटैमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

झोर महाङ्काल विद्यालयका आंशिक तथा बौडेश्वर माध्यमिक विद्यालयमा २०४७ सालदेखि २०७६ सालसम्म अध्यापनरत शिक्षक काफ्ले अत्यन्तै मिलनसार स्वभावका लोकप्रिय ब्यक्तिका रुपमा चिनिन्थे।

यस दुखद घडीमा साझापथ परिवार मृतआत्माकाे चीर शान्तिकाे कामना गर्दछौं।

प्रतिक्रिया दिनुहोस्