करेन्ट लागेर दाङमा एक पुरुषको मृत्यु



दाङ,जेठ १ । दाङस्थित तुलसीपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

शनिबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ झुमरे निवासी ४७ वर्षिय पुष्प श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

नवनिर्मित आफ्नै घरमा पानी चाहार्नका लागि फलामको भर्याङ लैजाने क्रममा थ्रिफेज लाइनमा छुइँदा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्