आइसियु अभावमा नुवाकोट किस्पाङका एक संक्रमितको ज्यान गयो



नुवाकोट,जेठ २ । त्रिशुली अस्पतालमा आइसियु अभावमा नुवाकोट किस्पाङ गाउँपालिकाका एक संक्रमितको ज्यान गएको छ।

ज्यान गुमाउनेमा किस्पाङ गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीय युवक रहेको त्रिशुली अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेले बताए।

अस्पतालमा रहेको सबै आइसियु कक्ष भरिभराउ रहेको त्रिशुली अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेका अनुसार अस्पतालमा हाल आईसियु बेड क्षमता ६ रहेकोमा सबै संक्रमितले भरिएको छ ।

कोभिडका तीनवटा वार्डमा ६२ आइसोलेशन शय्या क्षमता रहेकोमा कोभिड ब्लक “बी” मा एक र कोभिड ब्लक “सी” मा १६ गरी १७ वटा आइसोलेशन शय्या रहेकोको छ ।

प्रतिक्रिया दिनुहोस्