पत्रकार शान्तिराम कार्कीको कोरोनाबाट मृत्यु



काठमाडाैँ,जेठ २ । कोरोना संक्रमणबाट प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य शान्तिराम कार्कीको निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत कार्कीको शनिवार राति निधन भएको हो ।

बिगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय कार्की जनताटाइम्स र साैर्य दैनिकमा कार्यरत थिए । २०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मिएका कार्की नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाको अध्यक्ष समेत थिए ।

प्रतिक्रिया दिनुहोस्