ककनीको फुङफुङे झरना प्रवेशमा रोक



ककनीको फुङफुङे झरना,तस्बिर:लक्ष्मी तामाङको फेसबुकबाट

नुवाकोट,जेठ २ । जिल्लास्थित ककनी गाउँपालिका वडा नम्बर ४ मा रहेको पर्यटकीय स्थल फुङफुङे झरनामा प्रवेश रोक लगाइएको छ।

गाउँपालिकाको वडा नम्बर ४ मा रहेको झरनामा बाहिरी क्षेत्रका मानिसको बाक्लो उपस्थिति बढ्दै गएकाले कोरोना संक्रमण वृद्धि हुनसक्ने भन्दै आवातजावतमा रोक लगाइएको वडा नम्बर ४ का अध्यक्ष दिपेश तामाङले बताए ।

वडा नम्बर ४ द्वारा प्रकाशित सूचनामा कोरोना संक्रमण वृद्धि हुनसक्ने तथा स्थानीयको सुझाव अनुसार तत्कालका लागि आवागमन बन्द गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्