नुवाकोट बट्टारकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु



नुवाकोट,जेठ २ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारकी एक ४१ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

संक्रमित महिलाको त्रिशुली अस्पतालको आइसियुमा आइतबार बिहान १० बजे मृत्यु भएको त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले बताए । डाक्टर पाण्डेका अनुसार महिलालाई गत हप्ता अस्पतालमा भर्ना गरिएको थियोे।

यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ । यसअघि आइतबार बिहाननै नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षिय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

पछिल्लो समय नुवाकोटमा कोरोना संक्रमण भयावह बन्दै गएकाले ब्यबस्थापनको पक्ष थप दरिलो बनाउन सरोकारवालाहरुले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्