सांसद हितबहादुर तामाङलाई कोरोना संक्रमण पुष्टि



काठमाडौ,जेठ २ । नुवाकोटका नेता तथा संघीय सांसद हितबहादुर तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ।

गत शुक्रबार एक्कासि बिसन्चो महसुस गरेका सांसद तामाङको पिसिआर रिपोर्ट पोजिटिभ आएको सांसद तामाङको सचिवालयले जनाएको छ।

पहिलो खोप लगाइसकेका सांसद तामाङलाई ज्वरो आउने,थकाइ महसुस हुने जस्ता लक्षण देखिएको श्रोतले जनाएको छ।

सांसद तामाङ हाल आफ्नै निवासमा आराम गरिरहेका छन् । सांसद तामाङको साझापथ परिवार सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्