नुवाकोट शिवपुरीका एक महिलाको कोरोना संक्रमणबाट मृत्यु



नुवाकोट,जेठ २ । कोरोना संक्रमणबाट जिल्लाको शिवपुरी गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ। शिवपुरी गाउँपालिका वडा नम्बर –४ सिक्रेका कोरोना सङ्क्रमित ६१ वर्षीया एक महिलाको आइतबार बिहान मृत्यु भएको हो।

आफ्नै घरको होम आइसोलेशनमा बस्दै आएकी ६१ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या देखिएसँगै आइतबार बिहान मृत्यु भएको शिवपुरी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष झमकराज गुरुङले बताए ।

जिल्लाभित्र कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या योसहित आठ पुगेको छ । जिल्ला आज मात्र तीन जना संक्रमितले ज्यान गुमाएका छन् । त्रिशुली अस्पतालको सघन उपचार कक्षमा उपचाररत विदुर नपा–४ की ४३ वर्षीया महिला र अस्पतालको आइसोलेशन वार्डमा उपचाररत किस्पाङ गापा–५ का ३३ वर्षीय एक पुरुषको आइतबार बिहान नै मृत्यु भएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले बताए ।

जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ७३७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्