पत्रकार महासंघलाई ध्रुवकुमारद्वारा दुई वटा अक्सिजनसहितको सिलिण्डर प्रदान



नुवाकोट,जेठ २ । नुवाकोटका अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुबकुमार रावलले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा निर्माण गरिएको आइसोलेसन सेन्टरलाई ९४ लिटर अक्सिजनसहित दुईवटा सिलिण्डर प्रदान गरेका छन् ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसबाट पत्रकार संक्रमित हुने क्रम बढ्दो रहेको छ । हालसम्म कोरोनो संक्रमणबाट १३ जना पत्रकारको ज्यान गइसकेको र झन्डै ८ सय पत्रकार संक्रमित रहेका छन् ।

महामारीका बेलामा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै केन्द्रीय सदस्य रावलले सकेको सहयोग गर्न सबैलाई आग्रह गरे । विशेषगरी अहिले अक्सिजनको अभाव भइरहेकाले धेरैले अकालमा ज्यान गुमाउनु परेकाले अग्रभागमा रहेर काम गर्ने पत्रकारहरु दिनप्रतिदिन असुरक्षित हुन थालेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्