माओवादी केन्द्र नुवाकोटले दियो त्रिशूली अस्पताललाई १० थान सिलिण्डर अक्सिजन



नुवाकोट,जेठ २ । नेपाल कम्युनिष्ट पार्टी माओवादी नुवाकोटले त्रिशूली अस्पताललाई १० थान सिलिण्डर अक्सिजन प्रदान गरेको छ। अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की जिल्ला अध्यक्ष कौशिला पुडासैनीको अग्रसरतामा संकलित अक्सिजनसहितको सिलिण्डरहरु त्रिशूली अस्पताललाई प्रदान गरेको हो ।

आईतबार माओबादी केन्द्र नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपेरिण्टेण्डेण्ट डाक्टर दिपेन्द्र पाण्डेलाई ६८ हजार लिटर अक्सिजनसहितको १० थान सिलिण्डर हस्तान्तरण गरे । त्यसक्रममा बागमती प्रदेशसभा सदस्य समेत रहेका माओवादी केन्द्र नुवाकोटका अध्यक्ष खतिवडाले कोरोना संक्रमण बिरुद्धको लडाई राज्यको प्रयासमा मात्र सम्भव नरहेकाले राज्यका सबै पक्षले सम्भव भएसम्मको सहयोग जुटाउनुपर्नेमा जोड दिए ।

त्रिशूली अस्पतालले हाल आफ्नै प्लाण्टबाट अक्सिजन उत्पादन गर्दै आईरहेतापनि बिरामीको बढ्दो चापलाई बिश्लेषण गर्दा अक्सिजन अभाव हुने खतरा बढ्दै गएको सन्दर्भमा आईतबार उपलब्ध भएको अक्सिजनसहितको सिलिण्डरहरु मानव जीवन रक्षाका लागि महत्वपूर्ण सावित हुने अस्पताल ब्यवस्थापनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्