थप ७ हजार ३ सय ६८ संक्रमित, १४५ जनाको मृत्यु



काठमाडौं,जेठ २ । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार पिसीआर परिक्षणबाट ७ हजार ३ सय १६ र  एन्टिजेन परिक्षणबाट ५२ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आजको नियमित प्रेस विफ्रिङमा जानकारी दिएका हुन् ।

त्यस्तै २४ घण्टामा थप १४५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्