१० लाखको केरा कुहिएपछि फलफुल व्यावसायी निराश



सुनवल,जेठ २ । कोरोना भाइरसले सवै तिर आक्रान्त पारेको वेला पश्चिम नवलपरासीका फलफुल व्यावसायीहरु पनि त्यसको चपेटामा परेका छन् । जिल्लामा जारी भएको निषेधाज्ञाका कारण १० लाख वरावरको केरा गोदाममै कुहिएको फलफुल व्यावसायी मेगराज हमालले वताए ।

नेपालमा यतिवेला केरा नपाउने र भारतबाट केरा मगाउन पर्ने बाध्यता छ । यता अर्डर गरेको केरा आउन साथ निषेधाज्ञा सुरु भएपछि पश्चिम नवलरासीका बजार लगाएत रुपन्देहि , नवलपुर र चितवनका बजारमा केरा सप्लाई नहुदाँ गोदाममै कुहिएको व्यावसायी मेगराज हमालले बताए । विगत ४ बर्ष देखि सुनवल ४ मा रेसुङ्गा फुट सेन्टर नै संचालन गरी फलफुलको व्यावसाय गरेका हमाल चिन्तित हुदै २० टन केरा कुहिएपछि झिङ्गा माखा लाग्न थालेकोले फाल्नुको विकल्प नभएकोे वताए ।

पहिलो चरणको कोरानाले नै थला पारेको व्यापार व्यावसाय दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण झनै फैलिदा निषेधाज्ञा अगाडि नै अडर गरेको कोरा लगाएतका फलफुल विक्री नहुँदा फलफुल व्यवसायी मर्कामा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्