अक्सिजन उद्योगलाई विद्युत् महसुलमा छूट



काठमाडौं,जेठ ३ । अक्सिजन उद्योगले खपत गरेको विद्युत् महसुलमा सरकारले छूट दिने भएको छ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले छूट दिने निर्णय गरेको हो ।

सीसीएमसीले भारतबाट निर्यात गरिँदै आएको लिक्वीड अक्सिजनलाई थप निरन्तरता दिने, ट्यांकर र सिलिन्डर आपूर्ति बढाउनेलगायत निर्णयसमेत गरेको छ । सरकारले चीनबाट ४ सय थान र ओमनबाट ५६१ थान सिलिन्डर ल्याइसकेको छ । ल्हासा हुँदै तातोपानीबाट सिलिन्डर ल्याउने काम भएकाले अब अक्सिजनको समस्या खेप्नु नपर्ने सीसीएमसीको निष्कर्ष छ ।

बैठकमा आर्थिक स्रोतको अभाव र प्रक्रियागत झन्झटका कारण जनताले अकालमै ज्यान गुमाउनुपरेको भन्दै तत्काल प्रक्रियागत झन्झटलाई सहज बनाएर काम अघि बढाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन  दिनुभएको छ ।

प्रधानमन्त्रीले यस्तो निर्देशन दिइरहँदा आइतवारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार पुगेको छ । आइवार कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी  दिएका हो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार अब सीसीएमसीले प्रधानमन्त्रीको निर्देशनअनुसार तत्काल काम अघि बढाउनेसमेत निर्णय गरेको छ ।

सामग्री खरीद प्रक्रियादेखि अन्य कामसमेत कानूनी रूपमा झन्झटिलो हुँदा जनताले ज्यान गुमाउनु परेको भन्दै सरकारले तत्काल संकट व्यवस्थापनमा अघि बढ्ने निर्णय गरेको उनले जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्