त्रिशुली अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु



नुवाकोट,जेठ ३ । जिल्लाको त्रिशुली अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्युभएको छ।

मृत्यु हुनेमा धादिङ जिल्ला बेनिघाट रोराङ्ग गाउँपालिकाका वडा नम्बर ७ का ५० वर्षीय पुरुष रहेका छन् ।

मधुमेह रोगले समेत ग्रसित ती पुरुषलाई गत वैशाख ३० गते अस्पतालमा भर्ना गरिएको थियो। आइसियूमा राखेर उपचारका क्रममा सोमबार बिहान ९:३० बजे उनको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ।

त्रिशुली अस्पतालमा हालसम्म ९ जनाले उपचारका क्रममा ज्यान गुमाइसकेका छन् ।

अस्पतालद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्