सुनको भाउ बढ्यो, कति पुग्यो तोलाको ?



काठमाडौ,जेठ ३। सुनको भाउ बढेको छ। सोमबार तोलामा तीन सय रुपैयाँले सुनको भाउ बढेको हो ।

आइतबार ९२ हजार पाँच सय रुपैयाँ रहेको सुन सोमबार तोलामा तीन सय बढेर ९२ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गए पछि अहिले सुनको कारोबार ठप्प छ । तर, महासंघले अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको बजार भाउ भने तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्