कोरोना संक्रमणबाट नुवाकोट तारकेश्वर र शिवपुरीका १/१ संक्रमितको मृत्यु



नुवाकोट,जेठ ३। कोरोना संक्रमणबाट जिल्लामा थप दुई संक्रमितको निधन भएको छ।

मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर १ का ७५ वर्षीया बृद्धा र शिवपुरी गाउँपालिकाका वडा नम्बर ६ का ८५ वर्षीया वृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले बताए ।

स्वासप्रस्वासमा समस्या देखिएका तार्केश्वर गाउँपालिकाका बिरामीको केहि दिन अघि गरिएको स्वाब संकलनमा रिपोर्ट पोजिटिभ आएको बताइएको छ। शिवपुरी गाउँपालिकाका बृद्धालाई भने स्वास्थ्य समस्या आएपछि गाउँपालिकाको आइसोलेशन सेन्टरमा उपचारार्थ लगिएको र आइतबार साँझ उनको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य सहायक मुकेश भट्टराईले बताए। उनको एन्टिजेन्ट परीक्षणमा कोरोना पोजिटिभ पुष्टि भएको भट्टराईले बताए।

बृद्धासहित शिवपुरी गाउँपालिकामा कोरोनाबाट तीन जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्