पछिल्लो २४ घण्टामा ९ हजार १९८ संक्रमण, ५ हजार ७६७ संक्रमणमुक्त



काठमाडौँ,जेठ ३ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा गरिएको २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १ सय ९८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

यस्तै २४ घण्टामा ५ हजार ७६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै निको हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ । क्वारेन्टाइनमा ७०८ जना छन् ।

प्रतिक्रिया दिनुहोस्