थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौ,जेठ ३ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप २१४ जनाको कोरोना मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ । 

मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने २४ घण्टा समयावधिमा मात्रै ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ । २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण निको भएको थियो । 

प्रतिक्रिया दिनुहोस्