कोरोनाका कारण एकै गाउँका ९ जनाको मृत्यु



दैलेख,जेठ ४ । जिल्लास्थित दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाका कारण एजै गाउँका नौ जनाको मृत्यु भएको छ । वडामा कोरोनाबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो पटक हो ।

मृतक छ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन जना छिमेकीमा  ज्वरो आउने, शरीर, छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताए ।

उनीहरुको परीक्षणबिनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको लम्सालले बताए । अन्य छमध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए ।

यस ठाउँमा कामका लागि भारत गएका स्थानीयवासी घर फर्केसँगै १५ दिनभित्रै नौ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । एउटै समुदायभित्र नौ जनाको मृत्यु भएपछि अहिले अवस्था असामान्य बनेको छ ।

प्रतिक्रिया दिनुहोस्