नुवाकोट किस्पाङ र सूर्यगढीका १/ १ महिलाको कोरोना संक्रमणबाट मृत्यु



नुवाकोट,जेठ ४ । जिल्लाको किस्पाङ र सूर्यगढी गाउँपालिकाका १/१ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका वडा नम्बर ३ कि ३१ वर्षीय महिला र किस्पाङ गाउँपालिका वडा नम्बर ५ की ४२ वर्षकी महिला रहेको त्रिशुली अस्पतालका सूचना अधिकारी देबेन्द्र पोखरेलले बताए ।

मृतक दुबै जना स्वास्थ्यमा समस्या आएपछि गत बैशाख ३१ गते अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्