महन्थ–उपेन्द्रको सहमति – ओली सरकारमा नजाने, आफैं नेतृत्व गर्न पाए अघि बढ्ने



काठमाडौ,जेठ ४ । जनता समाजवादी पार्टीले तत्काल पार्टी सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकाल्दै पार्टी प्रतिपक्षमै रहने उल्लेख गरेका हुन । 

तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने उनीहरूले प्रष्ट पारेका छन् । 

आठ बुँदामा विज्ञप्ति जारी गरेका उनीहरूले पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन नेतृत्व र पार्टी सदस्य लाग्नेसमेत उल्लेख गरेका छन् । 
जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने पक्षमा मत बाझिएको थियो। ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने यादव पक्षले विश्वासको मतको विपक्षमा मत दिएको थियो ।

विज्ञप्ती हेर्नुस्

प्रतिक्रिया दिनुहोस्