नेपालमा थप ८२०३ जना संक्रमित, मृत्यु १९६



काठमाडौ,जेठ ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टा समयावधिमा १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो । 

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय  ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्