मंगलबार साँझ झोरबाट देखियो सुन्दर इन्द्रेणी दृश्य [हेरौं तस्बिरहरु]



झोरस्थित सिमा चौर नजिकैबाट देखिएको रोमाञ्चक दृश्य

झोर,जेठ ४ । मंगलबार साँझ टोखा नगरपालिका १ झोरबाट इन्द्रेणीका सुन्दर स्वरुप देखिएको छ। अन्य समय भन्दा फरक तवरले देखिएको इन्द्रेणीका दृश्यले सबैको मन लोभ्याएको देखिन्थ्यो।

वर्षा याममा अक्सर देखिने इन्द्रेणी विना वर्षात आकाशमा देख्दा सबैको मन लोभ्याएको झोरका प्रमिला तामाङले बताइन्।कतिपय युवायुवती इन्द्रेणीका रङसंगै भन्दै तस्वीर समेत कैद गरेको सामाजिक संजालमा देख्न सकिन्छ।

कसरी पर्छ इन्द्रेणी?

बिशेष गरि सुर्यको किरणमा सात रङहरु हुन्छन । इन्द्रेणीमा पनि यी सातै रङ हुन्छन । इन्द्रेणी जहिले पनि पानी परेर घाम लाग्नसाथ लाग्छ । यसरी घाम लाग्नसाथ पर्नुको कारण पानी परेको बेला वायुमण्डलमा पानीका सानासाना कण वा वाफहरु रहेका हुन्छन । सुर्यको किरण पानीको उक्त कण वा बाफमा पर्नासाथ इन्द्रेणी परेको देखिन्छ ।

उदाहरणस्वरूप घाम लागेको बेला हामीले मुखमा पानी हाली त्यसलाई पानीका सानासाना कण हुनेगरी फुरुर्र फुरुर्र पारेर थुक्दा पनि हामीले इन्द्रेणी परेको देख्छौ । यसरी देख्नुको कारण पानीका ति सानासाना कणमा सुर्यको किरण परेकाले हो ।

तस्बिर:साझापथ डटकम

प्रतिक्रिया दिनुहोस्