नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि



काठमाडौं, जेठ ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गरी सो जानकारी दिएको हो । मन्त्रालयले गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरेर भारतको ल्याबमा पठाएकोमा ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १।६१७।२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १।६१७।२ पुष्टि भएको जनाएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

मन्त्रालयले यो भाइरस सबै उमेर र तह तप्काका लागि जोखिमपूर्ण भन्दै सचेत रहन पनि सार्वजनिक अपिल गरेको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्