एका विहानै काठमाडौमा भुकम्पको धक्का महसुस



काठमाडौ,जेठ ५ । भर्खरै काठमाडौसहित आसपासको क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको छ। 

बुधबार बिहान ५:४० मिनेटको समयमा काठमाडौ सहित आसपासको स्थानमा भुकम्पको धक्का महसुस गरिएको हो।

भुकम्प लमजुङ केन्द्रबिन्दु बनाए गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्