दुई पटक गयो लमजुङ केन्द्र भएर भूकम्प



काठमाडौं,जेठ ५ । लमजुङ केन्द्रविन्दु भएर दुई पटक भूकम्प गएको छ। लमजुङको भुलभुलेमा बुधबार पुनः भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्‍नेच्युटको भूकम्प गएको हो ।

यसअघि बुधबार नै बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो ।

दुबै भूकम्पको धक्का काठमाडौं लगायत देशला विभिन्न भागसम्म महसूस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्