सिन्धुपाल्चोक चौताराका मेयर र उपमेयरलाई कोरोना संक्रमण पुष्टि



सिन्धुपाल्चोक,जेठ ५ । जिल्लास्थित चौतारा नगरपालिकाका मेयर उपमेयरसहित तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मेयर अमानसिंह तामाङ उप मेयर जानुका पराजुली र अर्का एक जना ब्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको श्रोतले जनाएको छ ।

यससँगैं सिन्धुपाल्चोकमा संक्रमितको संख्या ९५३ पुगेको छ । चौतारा नगरपालिकामा मात्रै मंगलबार एकैदिन १ सय ४६ जनामा संक्रमित थपिएका थिए ।चौतारामा मात्रै १४९ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्