नुवाकोटमा कोरोना संक्रमित एक पुरुषको मृत्यु



नुवाकोट,जेठ ५ । जिल्लामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा तादी गाउँपालिका वडा नम्बर ५ का ७० वर्षीय वृद्ध पुरुष रहेका छ्न।

गत वैशाख २२ गते अस्पताल भर्ना भइ भेन्टिलेटरसहितको कक्षमा उपचाररत पुरुषको बुधबार बिहान ९:४५ मा निधन भएको त्रिशुली अस्पतालले जनाएको छ।

यससंगै कोरोना संक्रमण भइ अस्पतालमा मृत्यु हुनेको संख्या नुवाकोटमा १३ पुगेको छ।

अस्पतालद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्