कोरोनाबाट नुवाकोट पञ्चकन्याकी २५ वर्षीया महिलाको ज्यान गयो



नुवाकोट,जेठ ५ । कोरोना संक्रमणबाट नुवाकोट पञ्‍चकन्या गाउँपालिका ३ की एक महिलाको ज्यान गएको छ ।

पञ्चकन्याको घलेगाउँ घर भइ काठमाडौं बस्दै आएकी २५ वर्षीया महिलाको उपचारकै क्रममा बुधबार काठमाडौंको सामाखुसीस्थित कान्तिपुर डेन्टल हस्पटिलमा निधन भएको परिवारले जनाएको छ । ती महिलालाई करिब १० दिनअघिदेखि टाउको दुख्ने र सामान्य ज्वरोको लक्षण देखिएको थियो ।

५ दिनअघि स्वास्थ्यमा थप समस्या भएपछि चाबहिलस्थित नेपाल-भारत मैत्री अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ पहिले गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ थियो । तर एकैदिन दोस्रो पटक पीसीआर चेक गर्दा कोरोना भाइरस संक्रमण देखाउँदा आफूहरुले अचम्मित परेको मृतक महिलाकी देवरले बताए ।

उनका अनुसार त्यहाँका चिकित्सकहरुले राम्रो कियर नगरेको र आईसीयू तथा भेन्टिलेटर आवश्यक परेपछि मंगलबार कान्तिपुर डेन्टलमा रिफर गरिएको थियो । कान्तिपुर हस्पिटलमा लैजाँदै गर्दा बाटोमा बिरामीमा अक्सिजनको मात्रा कमी हुँदै गएको थियो । त्यहाँ भेन्टिलेटरमा राखिएका ती महिलाका आफन्तले रातिसम्म डराउनु पर्दै भन्ने ढाडस चिकित्सकबाट पाए पनि बुधबार बिहान भने मृत्यु भएको खबर अस्पतालले दिएको पारिवारिक स्रोतले जनाएको छ ।

बौद्ध परम्पराअनुसार महिलाको अन्त्येष्टि गर्न परिवारले माग गरे पनि कोरोना संक्रमितको शव व्यवस्था गर्ने सरकारको नियम अनुसार नै बुधबार नेपाली सेनाले अन्त्येष्टि गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्