झोरमा रोकिराखेको गाडीमा मोटरसाइकल ठोक्किदा दुई युवा गम्भीर घाइते



काठमाडौ,जेठ ५ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा बुधबार भयानक सडक दुर्घटना भएको छ।

सिमा चौरबाट टोखा तर्फ जादै गरेको प्रदेश नम्बर ३ को बा २ प ४५९६ नम्बरको मोटरसाइकल रोकिराखेको प्रदेश नम्बर ३ को ०१-०२४ च ९९४५ नम्बरको गाडीसंग ठोकिँदा मोटरसाइकलमा सवार झोरका स्थानीय दुई युवा गम्भीर घाइते भएका छ्न।

झोरको केभ मार्ट नजिकै भएको दुर्घटनामा घाइते हुनेमा झोर कठेरीका रामकुमार तामाङ र बिकास तामाङ रहेका छन् । टोखा प्रहरी प्रभागका सई एमनाथ पनेरूका अनुसार घाइतेद्वयको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ। घाइतेको टाउको तथा दाहिने कुममा गम्भीर चोट लागेको बताइएको छ।

पछिल्लो समय लकडाउनको समयमा समेत झोर क्षेत्रमा सवारीसाधन निर्वाध संचालन भैरहेको स्थानीयले एक युवाले बताए ।

यसरी ठोक्किएको थियो मोटरसाइकल

भिडियो श्रोत: सुमन धिताल

प्रतिक्रिया दिनुहोस्