थप ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि, ७९८९ संक्रमणमुक्त



काठमाडौ,जेठ ५ । नेपालमा पछिल्ला २४ घण्टामा थप ८ हजार १७३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबारको प्रेस ब्रिफिङका क्रममा सो सम्बन्धि जानकारी स्वास्थ्य मन्त्रालयले गराइएको हो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार चौबीस घण्टा समयावधिमा ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका छन् । 

यस्तै २४ घण्टामा उपत्यका अन्तर्गत भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६  जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए । 

गौतमका अनुसार पछिल्लो २४ घण्टामा २४६ को मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्