गण्डकी प्रदेशमा ५ मन्त्री नियुक्त



कास्की,जेठ ५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङलाई आर्थिक मामिला तथा योजनामन्त्री रुपमा शपथ ग्रहण गराए भने रामशरण बस्नेत, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई विना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गराएका हुन । युवा तथा खेलकुदमन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने बाहिर रहेकाले शपथ ग्रहणमा सहभागी भएनन् ।

यसअघि बस्नेतले भौतिक पूर्वाधार, लम्सालले उद्योग पर्यटन वन तथा वातावरण र पुनले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । मुख्यमन्त्री गुरुङ कोरोना सङ्क्रमित हुनुभएका कारण उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको एक हप्तापछि मात्र मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्