नवलपरासी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन



बुटवल,जेठ ६ । नवलपरासी (पश्चिम)मा   भएको गोलीकाण्डको छानवीन गर्न गृहमन्त्रालयले पाँच सदस्यीय समिती गठन गरेको छ। बुधबार सशष्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न  छानविन समिति गठन गरेको गृहमन्त्रालयले बताएको हो ।

गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। समितिमा सशस्त्र प्रहरीका डिआइजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुदन लुइटेल, गृहमन्त्रालयका उपसचिव माधवप्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सुशान्त शर्मा रहेका नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।समितिलाई घटनाको सत्यतथ्य सहितको प्रतिवेदन ७ दिनभित्र पेश गर्न निर्देशन दिइएको छ । प्रतापपुर गाउँपालिका-६ का २३ वर्षीय अविनाश राजभरसहित केही युवा सीमावर्ती नाकाबाट भारत जान खोज्दा प्रहरीले रोकेपछि झडप हुँदा स्थानीय २३ वर्षीय अविनाश राजभरको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो।

समितिका सदस्यहरु आज-भोलीमै जिल्लामा आउने र छानविन सुरु हुने प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्