पञ्‍चकन्या १ कार्यालयको ९ बुँदे अनुरोध, छरछिमेकमा पनि घुम्‍न नपाइने



नुवाकोट,जेठ ६ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण पञ्‍चकन्या गाउँपालिका वडा नम्बर १ क्षेत्र फैलिरहेको भन्दै वडा कार्यालयले गाउँवासीलाई सचेत रहन अनुरोध गरेको छ ।

बिहीबार एक सूचना जारी वडा नम्बर १ का अध्यक्ष मणिनाथ लामिछानेले कोरोनाबाट बच्‍न घरघरमा बस्न र निस्कनै परे अनिवार्य मास्क लगाउन अनुरोध गरेका छन् ।

त्यस्तै अनावश्यक भीडभाड नगर्न,छिमेकी घुमघाम नगर्ने, पाहुना नजाने, नल्याउने, काठमाडौं वा विदेशबाट आउने आफन्तहरुलाई छुट्टै सुरक्षित होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन समेत वडा कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सूचना हेर्नुस्

प्रतिक्रिया दिनुहोस्