राष्ट्रियसभा उप-निर्वाचन मतदान सकियो,९६ प्रतिशत मत खस्यो



हेटौंडा,जेठ ६ । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान सकिएको छ । हेटौंडास्थित भुटनदेवी माध्यामिक विद्यालयमा भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

विहान ९ बजेदेखि शुरू भएको मतदानमा १०५ प्रदेश सदस्य र २३२ प्रमुख र उप-प्रमुख गरी ३३७  जनाले मतदान गरेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य रामबहादुर थापाले दल परिवर्तन गरेपछि रिक्त पदमा थापा आफैं, स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङले उम्मेदवारी दिनु भएको थियोे । निर्वाचनमा बागमती प्रदेशका १ सय १० सांसद र  १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्