सर्वोच्चद्वारा बादलसहित ७ जना सांसद मन्त्रीलाई काम गर्न नदिन आदेश



काठमाडौ,जेठ ६ । सर्वोच्च अदालतद्वारा सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो । 

नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमालेमा बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो मन्त्रिपरिषद्मा नियुक्ती गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्