कोरोनाबाट नुवाकोट बट्टारका एक पुरुषको मत्यु



नुवाकोट,जेठ ६ । कोरोना संक्रमणबाट नुवाकोट बट्टारका एक पुरुषको मत्यु भएको छ। त्रिशुली अस्पतालका अनुसार मृत्यु हुनेमा विदुर नगरपालिका ४ बट्टार घर भएका ५० वर्षिय पुरुष रहेका छन् । उनको उपचारका क्रममा बिहीबार दिउसो १ : ४५ बजे मृत्यु भएको हो ।

यस्तै आजै धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का ४२ वर्षिय पुरुषको पनि कोरोना संक्रमणको कारण ज्यान गएको त्रिशुली अस्पतालले जनाएको छ । ।

यससँगै नुवाकोटमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्