राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित



काठमाडौं,जेठ ६ । राष्ट्रियसभा सदस्यमा निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार प्राप्त गरेका छन् भने बादलले ४०१४ मत पाएका छन् ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

प्रतिक्रिया दिनुहोस्